काठमाडौं । तामाकोशी जलविद्युत् कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २५ गते नेपाल विद्युत् प्राधिकरणको सभाहल दरबारमार्गमा आफ्नो सातौँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।