काठमाडौं  । नेपाल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २८ गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैंकेटमा आफ्नो ६४औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही पुस २० गते एक दिनका लागि बैंकको सेयर दर्ता किताब बन्द हुनेछ ।