काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते आफ्नो केन्द्रीय कार्यालय हात्तिसारमा २९औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत फाइनान्सले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।