काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले यही पुस २९ गते विराटनगरस्थित कञ्चन पार्टी प्यालेसमा आफ्नो १४औँ साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।