काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खुला प्रतिस्पर्धबाट नियुक्ति गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माग गरेको छ । नेविसंघ आवद्ध विद्यार्थीले मंगलबार शिक्षामा दलीयकरण अन्त गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै प्रदर्शनी मार्गमा सडक बहस गरेका हुन् ।
नेविसंघले खुल्ला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीको नियुक्ति गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत चलाएको छ। उनीहरुले राष्ट्र निर्माणको जग विश्वविद्यालयबाट हालौं, दलिय भागबण्डाको अन्त्य गर भन्दै सडकमा पम्पलेट प्रदर्शन गरेका छन् ।