काठमाडौं । सामसङले आफ्नो पाँचवटा मोडलका स्मार्टफोनमा भारी मूल्य कटौती गरेको छ । कम्पनीले अंग्रेजी नयाँ वर्षलाई अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका पाँचवटा मोबाइलहरूको मूल्य कटौती गरेको हो ।
कम्पनीका अनुसार ग्यालेक्सी ए३४ फाईभजी, ग्यालेक्सी ए०४ एस, ग्यालेक्सी ए०४ र ग्यालेक्सी एम१४ फाइभजीको मूल्य दुई हजार रुपैयाँ कम गर्ने घोषणा गरेको छ । मूल्य कटौतीपश्चात् सामसङले ग्यालेक्सी ए३४ फाइभजी(८/१२८) ४३ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । साथै, ग्यालेक्सी ए०४ एसको मूल्य १९ हजार ९९९ रुपैयाँ, ग्यालेक्सी ए०४ को मूल्य १४ हजार ९९९ रुपैयाँ, ग्यालेक्सी एम१४ फाइभजी(६/१२८) को मूल्य २२ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एम१४ फाइभजी(४/१२८) को मूल्य १५ हजार ९९० रुपैयाँ कायम गरिएको छ । सामसङको ग्यालेक्सी ए सिरिज किफायती मूल्यमा पाइने उपकरण हो भने एम सिरिज भने प्रदर्शनीमा उत्कृष्ट उपकरणको रूपमा परिचित छ ।
ग्यालेक्सी ए ३४ मा पाँच वर्षको सुरक्षा अपडेट र ४ ओएस अपग्रेडहरूको सुविधा छ । यसैगरी, ग्यालेक्सी ए०४, ग्यालेक्सी ए०४एस, एम१४ र ए०४ मा पनि चार वर्षको सुरक्षा अपडेट र दुई ओएस अपग्रेडहरूको सुविधा छ ।