काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । आफूहरुलाई थप तीन नेपालीको मृत्युको सूचना प्राप्त भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले बताए । मृतको नाम र ठेगान केही वेरमा दिने बताइएको छ । रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।