काठमाडौं । सेयर बजार राताम्मै देखिएको छ । अघिल्लो दिन आठ दशमलव ७५ अंकले ओरालो लागेको सेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंंगलबार पनि ३० दशमलव शुन्य पाँच अंकले ओरालो लागेर दुई हजार ३० दशमलव १० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५४ अंकले ओरालो लागेर तीन सय ८० दशमलव ५३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ८५ हजार चार सय ३५ पटकको कारोबारमा एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौं सय २२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।