सोल, जेठ ११
कोरोनाभाइरसको संक्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरि दिनप्रतिदिन संक्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ ।दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १ सय ६५ जना संक्रमित भएका छन् भने २ सय ६६ जनाको मृत्यु भएको छ ।
अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ । पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना संक्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ । दक्षिण कोरियामा संक्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ । तर यता चीनमा भने आहिले एक जना पनि कोरोनाभाइरसबाट संक्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन् । दुई जना भने शंकास्पद देखिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिएपनि अहिले ७९ जना संक्रमितको उपचार भइरहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९ सय ७१ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । (रासस/एपी)