काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले राष्ट्रिय सभा निर्वाचनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग साँझ पाँच बजे छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । बुधबारको छलफलमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक तीन बजे बस्ने सहमति भएको र साँझ ५ बजे फेरि नेकपा एमालेसँग संयुक्त बैठक बस्ने एक नेताले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगन थापा र प्रमुख सचेतक रमेश लेखक बुधबार बिहानको छलफलमा सहभागी भएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।