काठमाडौं, जेठ १२
आइतबारसम्म ४२ जिल्लामा छ सय तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष ५ सय ३२ र महिला ७९ जना रहेका छन् । आइतबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौं, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीमा कोरोना संक्रमित थप भएका हुन् ।
नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ) बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज २५ वर्षीय पुरुष, पर्सा घर ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका नागवाका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुईजना पुरुष क्रमशः ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएका हुन् । नुवाकोटमा पहिलापटक सङ्क्रमण देखिएको हो ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैरापुरका–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुष गरी कूल १९ जना सङ्क्रमण देखिएको छ । आइतबारसम्म ८७ जना ‘डिस्चार्ज’ भएका छन् । नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी १७ जना आइतबार डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् । प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए । अहिलेसम्म पीसीआरबाट ४८ हजार ८१५ र आरडीटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।
नयाँ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखाले गरिरहेको छ । नुवाकोटको चाउथे गाउँको ढुंगाना टोललाई सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको छ । प्रदेश नंं १ मा सात जिल्लाका ८६, प्रदेश नंं २ मा आठै जिल्लाका १ सय ७९, वाग्मती प्रदेशमा ११ जिल्लाका १४, गण्डकी प्रदेशमा तीन जिल्लाका पाँच, प्रदेश नं ५ को सात जिल्लाका २ सय ८१, कर्णाली प्रदेशका दुई जिल्लाका चार र सुदूरपश्चिम प्रदेशका चार जिल्लाका १४ जनामा सङ्क्रमण देखिएको छ ।