काठमाडौं । सेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै २८ अंकले उकालो लागेको सेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने आठ दशमलव ७१ अंकले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज पाँच दशमलव १२ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव १६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख आठ हजार चार सय तीन पटकको कारोबारमा एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जीवन बीम, उत्पादनमुलक, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने जलबिद्युत, लगानी, सामुहिक लगानी कोष र टे«डिङ उपसमुहको सुचक उकालो लागेका छन् ।