काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटयालिटीसँग आफ्ना हितग्राहीलाई सेवामा छुट दिन व्यावसायिक सम्झौता गरेको छ । बुधबार गरिएको उक्त सम्झौता दुई वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताबमोजिम सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गतको होटेल, रेसोर्ट, रेस्टुरेन्ट तथा क्याफे आदिमा सेवा लिँदा प्रभु क्यापिटलका हितग्राही ग्राहकले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङमा २० प्रतिशत छुट अफर पाउने भएका छन् । प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्फर्मेसन तथा परिचयपत्र देखाउनुपर्नेछ । कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखामा पनि उपलब्ध रहेको बताइएको छ ।
प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो, जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई प्रभावकारीरूपमा मर्चेन्ट बैकिङ सेवा दिनुका अतिरिक्त समय–समयमा यस्ता व्यावसायिक सम्झौता गरी यस्ता छूट तथा अफर सुविधामार्फत ग्राहकलाई थप सन्तुष्टि दिन समेत अग्रसर रहेको देखिन्छ ।