काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले यही पुस २८ गते शनिबार दाङको होटल माला ईन घोराहीमा पाँचौँ साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ । यसैगरी संस्थाले सोही वार्षिक साधारणसभामार्फत पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने, १० प्रतिशत बोनस सेयर दिने र सर्वसाधारण सेयरधनी समूहका तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने समेतको तयारी गरेको छ ।