काठमाडौं । नेपाल एसबीआई बैंकले तनहुँको दुलेगौँडामा शाखा विस्तार गरेको छ । वित्तीय पहुँच विस्तार गर्ने क्रममा उक्त क्षेत्रमा शाखा खोलिएको बैंकले जानकारी दिएको छ । यो समेत गरी बैंकको कुल शाखा संख्या ९७ वटा पुगेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ९७ वटा शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एउटा कर्पोरेट अफिस र एक सय २१ वटा एटिएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।