काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका छन् । विदेशमन्त्री डा. जयशङ्करले भ्रमणका क्रममा यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।