काठमाडौं, जेठ १२ महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कम्पनीले जनरल इन्स्योरेन्स कम्पनी नेपालमार्फत सबै कर्मचारीको कोरोना बीमा गराएको हो । कम्पनीले प्रतिकर्मचारी एक लाख रूपैयाँबराबरको कोराना बीमा गरेको हो । यस्तो प्रतिकूल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा र उपशाखाहरूमा कार्यरत कर्मचारीहरू बीमा व्यवसाय सञ्चालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमासम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरूको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैको कोरोना बीमा गराइएको कम्पनीले जनाएको छ ।