काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधीसहित गोरखाको गण्डकी गाउँपालिका बस्ने ३० वर्षीय सुजन भन्ने बिबेक पोख्रेलसमेत गरी दुई जना पक्राउ परेका छन् । उनीहरुलाई प्रतापपुर गाउँपालिका–९ चण्डाल चोकबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय वेलाटारीबाट खटिएको प्रहरीले प्रदेश ३–०१–००२२ च ८९९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको माईकोफिट्स तीन सय ६० ट्याब, ओकेरोन एक सय इन्जेक्सन र किल्डुम तीन सय एमजीलगायत विभिन्न प्रकारका औषधीसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।