विराटनगर । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेश विराटनगरमा मनोनयन दर्ता गरेका छन् । उनको समर्थकमा हिमाल कार्की र प्रस्तावका प्रदीप सुनुवार रहेका छन् ।
राप्रपाका राजेन्द्र लिङदेनसँग गत प्रतिनिधि सभा चुनावमा पराजित भएका सिटौला अहिले राष्ट्रिय सभा चुनावमा उठेका हुन् । रुक्मिणी चौधरी र परशुराम अधिकारीलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनले कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो । जस अनुसार सिटौला लगत्तै नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले मनोनयन दर्ता गरेकी छन् ।