हेटौंडा । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्य निवार्चनमा हेटौँडाको चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराउन एमालेका नेता तथा कार्यकर्ता पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि महिला, अल्पसङ्ख्यकरअपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।