काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगद्वारा अभियुक्त कोइरालाललाई गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो ।
यस्तै, नापी कार्यालय बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराम मरासिनीसमेत गरी पाँच जना उपर गैरकानुनी लाभ तथा हानि एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।