काठमाडौं, जेठ १२
ई–सेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको ई–सेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गर्ने क्रममा मलेसियाबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको हो । मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरूले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको ई–सेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स पठाउन सक्नेछन् ।
ई–सेवाले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । ई–सेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ । साथै वालेट टु वालेट रेमिट्यान्स पठाउन सकिने भएपछि नेपालीहरू एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ ।
आगामी दिनहरूमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स कारोबार सुरु गरिने कुरा कम्पनीको भनाइ रहेको छ । डिजिटल माध्यमबाट नै आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्र्याउन आफूहरूले काम गरिरहने कम्पनीको भनाइ छ । ई–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूको उद्देश्य रहेको कम्पनीको भनाइ छ ।