काठमाडौं । रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै दुई लाख १५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ३० वर्षीया पुजा श्रेष्ठ पक्राउ परेकी छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले एक जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।