जेरुसेलम, जेठ १२ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाइ सुरू भएको छ । एएफपीका अनुसार पहिलो दिनको सुनुवाइ करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन् । सुनुवाइका क्रममा नेतान्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेका छन् । त्यसपछि अदालतले सुनुवाइलाई स्थगित गरेको थियो । इजरायली राजनीतिमा अनुभवी नेता नेतान्याहुको पक्षमा वकालत गर्ने टोलीले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेका बताइएको छ । अदालतले अर्को सुनुवाइकाको लागि मिति निर्धारण नगरीकन सुनुवाइलाई स्थगित गरेको छ ।