काठमाडौं । बैंकिङ कसुर मुद्दामा संलग्न व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार गोरखा अजिरकोट गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २६ सामाखुशी बस्ने ४८ वर्षीय राजु गुरुङलाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक केसीका अनुसार पदमबहादुर मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गुरूङ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त फरार रहेका प्रतिवादी गुरूङलाई यस कार्यालयबाट खटिएको टोलीले बिहीबार ११ः३० बजेको समयमा काठमाडौं का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई सोही दिन बैंकिङ कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।