काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भारतको दिल्ली पुगेका छन् । लोसपामा विद्रोह गरी राष्ट्रिय मुक्ति क्रान्तिको अभियान चलाउने तयारीको बारेमा छलफल गर्नका लागि उनी पुस २५ गतेदेखि दिल्लीमा छन् ।
अध्यक्ष महन्थ ठाकुरसँग आन्तरिक विवाद सुरु भएपछि एक साता लामो भारत भ्रमण सकाएर आएपछि लोसपामा उनले विद्रोह गरेका हुन् । अहिले उनले लोसपा नछाडे पनि पाटीको बैठकमा सहभागी भएका छैनन् । उनले छुट्टै अभियान सञ्चालन गर्ने तयारी गर्दा त्यो अभियानको नाम राष्ट्रिय मुक्ति क्रान्ति राखेका छन् । उनी निकट एक नेताले त्यसैको बारेमा थप परामर्शका लागि उनी दिल्ली पुगेको बताए । क्रान्ति सफल बनाउनका लागि एउटा सङ्गठनको आवश्यकता पर्छ र त्यो सङ्गठन निर्माणमा आफू लागेको नेता महतो बताएका छन् ।