काठमाडौँ जेठ १३
ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७० करोड २६ लाख १४ हजार आठ सय ९४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही बैकले एक अर्ब ८७ करोड २१ लाख २४ हजार पाँच सय १२ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ५९ करोड ६९ लाख ९९ हजार पाँच सय ४४ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब १८ करोड ८४ लाख एक हजार नौ सय १५ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ अर्ब ३३ लाख ५२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ अर्ब ९७ करोड ७६ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ६८ करोड ७९ लाख ४५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।