काठमाडौं । रोजगारीका लागि रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए ।
जर्मनीमा रहेका मृतकका भाइ कुमार गुरुङलाई उक्त खबर गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले पठाएको वडाध्यक्षले बताए । दाइको मृत्युको खबर घर परिवारले थाहा पाएपछि पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।