काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका–१ बस्ने ७० वर्षीय सुर्य बहादुर दवाडीलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सुर्य बहादुर दवाडीले अंशसम्बन्धी बिषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई ०५९ फागुन २८ गते घरबारीमा कुटपिट गरी नाम्लोले घाँटीमा कसि हत्या गरेका थिए ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले सर्वश्वसहित जन्मकैद ठहर भएका फरार दवाडीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागी केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ ।