काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा फाइभ इन वान बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि–आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस खाताअन्तर्गत ग्राहकहरुले न्यूनतम एक हजारमा खाता खोली निःशुल्क सेवाअन्तर्गत मोबाइल बैकिङ्ग, वेव बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ(टीएमएस) र मेरो शेयर खाता साथै लकरको सुविधामा ५० प्रतिशतसम्म छुटको सुविधा छ । यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकको कुनैपनि शाखाबाट सहजै खाता खोल्न सक्नेछन् ।
बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको जनाएको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लाहरुमा गरी हाल एक सय २३ शाखा कार्यालय, ५१ एटिएमबाट बैकिङ्ग सेव प्रवाह गरिरहेको छ ।