दाङ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २६ वर्षीय सविन चौधरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।