काठमाडौं । सन सेक्युरिटिज प्रालिले विद्यार्थीका लागि सेयरबजारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार काठमाडौंको ग्लोबल र एपोलो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी सेयरबजारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
ग्लोबल कलेजमा बीबीए तह अध्ययन गर्ने करिब एक सय ५० र एपोलो कलेजका ५० जना बीबीए तहकै विद्यार्थीहरू सचेतना कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा नेपालको सेयरबजारका आधारभूत पक्ष, सेयरबजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरू, व्यवस्थापन तथा प्राविधिक विश्लेषणका बारेमा तालिम प्रदान गर्नुका साथै विद्यार्थीहरूसँग भएका सेयरबजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तक्र्रिया गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सन सेक्युरिटिजका सुशील भट्टराई र सैयम बज्राचार्यले तालिमको सहजीकरण गरेका थिए ।
कम्पनीले अब प्रत्येक शुक्रबार आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि १ बजेसम्म आधारभूत सेयर तालिम कार्यक्रम र दिउँसो दुई बजेदेखि चार बजेसम्म बेसिक प्राविधिक विश्लेषण तालिम कार्यक्रम सञ्चालन गरिने प्रशिक्षक भट्टराईले जानकारी दिएका छन् ।