काठमाडौं । नोबडी प्रोडक्सन प्रालिले नयाँ रियालिटी सो ल्याउने भएको छ । ‘को बन्छ करोडपति’, ‘सारेगमप लिटिल च्याम्पस नेपाल’, ‘क्राइम पेट्रोल नेपाल’लगायतका रियालिटी सोहरू भित्र्याएको लामो समयपछि कम्पनीले नयाँ सो ल्याउन लागेको हो ।
नयाँ सो अलिक भिन्न शैली र आधुनिक प्रविधिलाई जोड दिँदै निर्माण हुने बताइएको छ, यो सोको ढाँचा, मार्केटिङ, ब्रान्डिङ, एड्भटाइजिङलगायतको विषयमा सहयात्री भएर नक्षत्र एड्भटाइजिङ प्रालि जोडिएको छ । नक्षत्र एड्भटाइजिङले विभिन्न इभेन्टहरू र विभिन्न ब्रान्डहरूको एड्भटाइजिङ गर्दै आएको छ । मिस नेपाल २०२३ को पनि एड्भटाइजिङ, ब्रान्डिङ र इभेन्ट म्यानेजमेन्ट पार्टनर रहेको नक्षत्र एड्भटाइजिङका सीईयो इन्जिनियर अश्विन अधिकारी र नोबढी प्रोडक्सनका सीईयो सुरक्षा अधिकारीबीच सहकार्य गर्न सम्झौता हालै भएको छ ।
सम्झौताअनुसार रियालिटी सो ‘बीबी’ सिजन वानको एक्सक्लुसिभ मार्केटिङ राइट नक्षत्र एड्भटाइजिङले लिएको छ । यो शो मा भिवर्स र अडियन्सले अत्यन्त भिन्न अनुभूति पाउने कम्पनीको दाबी छ ।