काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १२ दशमलव २० अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन सात दशमलव २४ अंकले ओरालो लागेर २१ सय ५५ दशमलव ८२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६८ अंकले ओरालो लागेर तीन सय ९३ दशमलव ५२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९८ पटक सेयर किनबेच भएका छन् । जसबाट आज तीन लाख चार २३ पटकको कारोबारमा दुई करोड ११ लाख २५ हजार सात सय ७६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब १७ करोड ४९ लाख ८६ हजार दुई सय ८२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।