बैतडी । टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा सहचालकको मृत्यु भएको छ । बिहीबार(आज) बिहान मेलौली नगरपालिका–६ हतरंगास्थित सडकमा सु.प.प्र.०१००१ क २३९४ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक सोही नगरपालिका–१ नोर्खादेही बस्ने २० वर्षीय रोहीत दयालको मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।