काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । यी दुई शाखाहरू गरी बैंकको शाखा संख्या दुई सय ६४ पुगेको छ । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । साथै, काठमाडौं उपत्यकामा चाँडै नै अरू थप शाखाहरू खोल्ने समेत उनले जानकारी गराए ।
हाल बैंकको दुई सय ६४ वटा शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५५ वटा एटीएम काउन्टरहरू रहेका छन् ।