काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट राजस्व अनुसन्धान विभागको टोलीले स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी भएको जानकारी दिएका छन् । राजस्व अनुसन्धान विभागले व्यापारी नरेश अग्रवालको घरमा छापा मारेपछि बरामद गरिएको उक्त रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरेको छ ।