काठमाडौं,युगाण्डा भ्रमण सकाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् । समाचार स्रोतका अनुसार दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाई अवतरण गराइएको छ ।