विराटनगर । पछिल्लो समयमा विराटनगरमा रहेका हार्डवेयरका सञ्चालकहरूको बदमासी खुल्दै जान थालेको छ । आर्थिक मन्दिको बहाना बनाएर यहाँका हार्डवेयर व्यवसायीहरूले राजस्व छली गर्ने गरेको पाइएको हो ।

विराटनगर महानगरपालिका ५ मा सञ्चालन हुुँदै आएको स्वस्तिक इन्टरप्राइजेजको कारोबार पनि शंकास्पद देखिएपछि राजस्व अनुसन्धान कार्यालयको निगरानीमा परेको छ ।