काठमाडौं,जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्याक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायापरिषदमा उजुरी परेको थियो । सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने न्याय परिषदमा समेत उजुरी परेको थियो । उनीमाथि छानविन गर्न सर्वोच्च अदालतमा न्यायाधीश डा.आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा बुझाएको बुझिएको छ ।