सुनसरी, जेठ १४
कोशी गाउँपालिका १ बाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी ४७ बोतल, नाइट्रोसन ९० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल,कौडा २१ थान र प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थानसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका १ लौकही बस्नेहरु २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमन कुमार साह र १९ वर्षीय गणेश कुमार साह रहेका छन् ।
लकडाउनको निगरानीको लागि खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त ठाउँस्थित बाँसघारीमा सागसब्जी बोक्ने झोला बोकेका उनीहरुलाई शंकास्पद अवस्थामा देखेरजाँच गर्न लाग्दा बोकेको झोला छाडेर भाग्न खोजेपछि नियन्त्रणमा लिई तलासी गर्दा उक्त नियन्त्रित लागूऔषध र अमनकुमारको साथमा उक्त प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान फेला परेको हो । निजहरु उपर लागूऔषध मुद्धामा अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।