काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको रुपमा डा. नवराज अधिकारीले जिम्मेवारी पाएका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थमन्त्रालयले यसअघि बोर्डमा कार्यकारी निर्दैशककोरुपमा कार्यरत रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल यही पुस २० गते देखि सकिएछि बोर्ड नेतृत्व बिहिन भएको थियो । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको बोर्डको भनाई छ ।