काठमाडौं,संविधानसभा सदस्य तथा पूर्वसांसद इच्छाराज तामाङ र उनकी श्रीमती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ र उनकी श्रीमति सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो । तामाङ जोडी बाहेक थप २ जना पनि दोषी ठहर भएका छन् । उनीहरुले सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरुको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।