काठमाडौँ, जेठ १४ समृद्धि फाइनान्सले चालू आर्र्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ४८ लाख ७२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो नाफा ६३ लाख ७३ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार रूपैयाँ रहेको फाईनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १९ करोड दुुई लाख ५९ हजार रूपैयाँ निक्षेप संकलन गरी १३ लाख ९५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ३६ लाख ३० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाईनान्समा ९९ दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । गत आवको सोही अवधिमा भने फाइनान्सले सात करोड ४८ लाख ६२ हजार रूपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा ६१ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सत् प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।