काठमाडौं । म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को विजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियानअन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् ।
कम्पनीले शनिबार राजधानीमा आयोजित कार्यक्रममा ‘लक्की ड्र’मार्फत विजेताको औपचारिक घोषणा गरेको हो । वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाइ सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । मार्केटिङ डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए । श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किस रग विजेताको घोषणा गरिएको छ ।