काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्न नहुने बताएका छन् ।

अहिले धेरै विमानस्थल गौचरनमा परिणत भएका हुँदा ती सबै विमानस्थल सञ्चालन हुन नसक्ने नेपालले बताए । उनले भने, हरेक सांसदलाई आफ्नो क्षेत्रमा विमानस्थल चाहिएको छ, त्यसमा राजनीतिक स्वार्थ जोडिनु भएन।”