काठमाडौं । तिव्र उतारचढावकाबिच सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३१ दशमलव ४९ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन सुरुवातको केही समय घटेको थियो । त्यसपछि भने बढ्न थालेको नेप्से अन्तिम समयमा आएर पुन शुन्य दशमलव ४० अंकले ओरालो लागेर दुई हजार ९८ दशमलव २९ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव १७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको एक लाख १७ हजार पाँच सय ६६ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, जीवन बीमा सहितका सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।