काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यही माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले ?’ नामक एक रुपैयाँको खेल सार्वजनिक गरेको छ । यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आबद्ध भईएक रुपैयाँ खेल सुरु गरेको छ । साथै खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले एक रुपैयाँमा आफूलाई मनपर्ने प्रोडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।
यसका अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेमार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै, प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशतसम्म अतिरिक्त छुट (एक सय ५० रुपैयाँसम्म) पनि प्राप्त गर्न सक्नेछन् ।