एकताका यी व्याक्तिका वारेमा कसैले टीकाटिप्पणी गर्न पनि डराउनुपर्ने अवस्था थियो । समाजिक सञ्जालमा नेपाली उरण्ठेउलो जमातले उनीहरुलाई भगवानकै दर्जा दिएका थिए । एकताका धुर्मुस सुन्तलीको बारेमा विरोधको कुरै गर्नु हुँदैन त्यो,त्यस्तै अवस्था थियो गगन थापाको,धुर्मुस सुन्तलीले भरतपुरमा क्रिकेट रंगशाला बनाउन उठाएको पैसा उल्टै हिनामिना गरे,रंगशाला नबनाएको कुरो त छँदै छ ।
गगन थापाको बाख्रा काण्ड सार्वजनिक भएपछि वल्ल साइजमा आए । रवी लामिछनेको विरोधमा बोल्नै हुँदैन थ्यो,एकपछि अर्को काण्ड सार्वजनिक भएपछि उनी पनि संघार्ष गर्दै छन् । कुलमान घिसिङलाई भगवान जस्तै मान्ने जमात थियो,अहिले त्यही जमात विरोधमा पुगेको छ । रामबहादुर बमजनलाई त लिटिल बुद्ध भनेर प्रचार गरियो,अहिले खोरमा पुगेका छन्। पल शाह सन्दीप लामिछानेको पनि त्यही नियति भयो । देवत्वकरण गरिएका महासयहरु रहेछन् त भगवान ?