काठमाडौं,सहकारी ठगी काण्डको पछिल्लो पर्दाफास पछि पार्टी सभापति रवी लामिछानेको बचाउ गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो टिम एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक भयो । दिग्गज भनिएका पूर्व बैंकर अनिल केशरी शाहले त्यहाँ कुतर्क गरे, आफैं फसे,स्वर्णीम वाग्लेले त्यस्तै कु तर्क गरे ।
स्वयम रवी लामिछानेको बोलीका त कुरै भएन । उनी जतिखेर मुखमा जे आयो त्यही वोल्दा रहेछन् । उनी साँच्चै छाडा समूहकै नाइके रहेछन्,एक दप पीध नभएको लोटा जस्तो । मेरो हो पनि,मेरो होइन पनि,मैले गरेको हो पनि,मैले गरेको होइन पनि,आखिर हो चाहि के रवीजी ? आफूले गरेको गल्ती ढाकछोप गर्न सिंगै पार्टी पङ्ती मैदानमा उर्तादा पनि सफाइ पाएजस्तो लागेन, पतनपथमा पो लागे जस्तो देखियो त !